काठमाडौँ-काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने ४७० चालक कारबाहीमा परेका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार शनिबार विभिन्न सवारी नियम उल्लङ्घन गर्ने चालकलाई कारबाही गरिएको हो।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने ९९, सीसी क्यामरामार्फत पहिचान भएका ४० र रातो बत्ती उल्लङ्घन गर्ने ३७ चालक कारबाहीमा परेका छन्।
त्यस्तै, तीव्र गतिमा सवारीसाधन चलाउने ११५, हर्न बजाएर सवारी चलाउने नौ, लेन अनुशासन उल्लङ्घन गर्ने दुई र एकतर्फी सडकमा विपरीत दिशाबाट सवारी चलाउने सात चालक कारबाहीमा परेका छन्।
अन्य कसुरमा १६१ चालकलाई कारबाही गरिएको प्रवक्ता सुवेदीले जानकारी दिए।
ट्राफिक प्रहरीले दसैँको समयमा सवारी नियम उल्लङ्घन गरी सवारी चलाउनेमाथि निगरानी बढाउँदै कारबाही गर्दै आएको छ।



प्रतिक्रिया