अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काेशीमा एमाले र कांग्रेस मिलेर सरकार बनाउनुपर्छ: राजेन्द्र लिङ्देन

काेशीमा एमाले र कांग्रेस मिलेर सरकार बनाउनुपर्छ: राजेन्द्र लिङ्देन


विराटनगर-राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा एमाले र कांग्रेस मिलेर सरकार बनाई राजनैतिक स्थायित्व दिनुपर्ने बताउनु भएको छ।

शनिबार विराटनगर विमानस्थलमा सञ्चालकर्मीसँग कुरा गर्दै लिङ्देनले अहिलेको व्यवस्थाको संस्थापकहरु एमाले र कांग्रेस मिलेर कोशी प्रदेशलाई जोगाउनु राम्रो हुने बताउनु भएको हो।

उहाँले कांग्रेस र एमाले मिल्न नसके राप्रपाले आवश्यक समयमा उचित निर्णय लिने बताउनु भयो।

उहाँले भ्रष्टाचार छानबिनका नाममा उठाइएका विभिन्न प्रकरणहरुलाई सरकारले सत्ताको रक्षा कवचको रुपमा प्रयोग गरेको तर्क गर्नुभयो । आर्थिक कारणले पनि प्रदेशको औचित्य समाप्त हुदै गएको भन्दै लिङ्देनले जातिय र धार्मिक द्वन्द्व बढाउने कार्य गर्न नहुने जिकिर गर्नु भयो।