अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सबै जाति एकैठाउँमा बसेको मन नपराउनेहरूको मन भतभति पोलिराखेको छ: अध्यक्ष ओली

सबै जाति एकैठाउँमा बसेको मन नपराउनेहरूको मन भतभति पोलिराखेको छ: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै जाति एकै ठाउँमा भएको हेर्न मन नपराउनेहरु अहिले पनि रहेको बताउनु भएको छ ।

एमाले निकट महिला संघको तीज कार्यक्रममा बोल्दै यस्तो बताउनु भएको हो । अध्यक्ष ओ‌लीले सबै जाति एकै ठाउँमा भएको हेर्न मन नपराउनेहरुको मन भतभति पोलिरहेको बताउनु भयो ।

२०४८ सालमा तीजको कार्यक्रम गर्दा अर्घखाँचीमा राति नेपाली कांग्रेसका कार्यकर्ताहरु भेला भएर महिलाहरुमाथि कुटपिट भएको र त्यो समस्या समाधान गर्न आफू जानु परेको प्रसंग अध्यक्ष ओलीले सुनाउनु भयो । अहिले पनि यस्तो घटना दोहोरिन्न भन्न नसकिने ओलीले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यस्ता चाडबाड मन नपराउनेहरु, अरु कुरा मन नपराउनेहरु, एकता मन नपराउने सबै जातका मान्छेहरु एकै ठाउँ बसेको मन नपराउने मान्छे त झगडा गरेर बस्नुपर्नेमा कहाँ रमाएर एकैठाउँ छन् भनेर मन भतभत पोल्नेहरु अहिले पनि छदै्छन् । एउटै वडाका मान्छेहरु अहिले सँगै बसेर किन रमाएका होलान् भनेर पीर गर्नेहरु अहिले पनि छन् । साम्प्रदायिक सद्भाव भड्काउन खोज्नेहरु अहिले पनि छन् ।’