अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महासचिव पोखरेल नेतृत्वको प्रतिनिधिमण्डलले चिनियाँ कम्युनिष्ट पार्टीको सङ्ग्रहालय अवलोकन

महासचिव पोखरेल नेतृत्वको प्रतिनिधिमण्डलले चिनियाँ कम्युनिष्ट पार्टीको सङ्ग्रहालय अवलोकन


काठमाडौँ-चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीनको भ्रमणमा रहनुभएका नेकपा एमालेका महासचिव शङ्कर पोखरेल नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलले बेइजिङस्थित चिनियाँ कम्युनिष्ट पार्टीको सङ्ग्रहालय अवलोकन गरेको छ।

सो अवसरमा महासचिव पोखरेलले चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चिनियाँ जनताले गरेको सङ्घर्ष र असाधारण बलिदानको जगमा उभिएको चीनको गौरवमय वर्तमानलाई नजिकबाट बुझ्न सङ्ग्रहालयले सहयोग गरेको धारणा व्यक्त गर्नुभएको एमाले प्रचार विभाग सदस्य राजेश राईले जानकारी दिनुभयो । महासचिव पोखरेलले सङ्ग्रहालयले चिनियाँ कम्युनिष्ट पार्टीको गौरवमय इतिहासलाई जीवन्त राखेको उल्लेख गर्नुभयो।

“चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनताका अग्रजले छिचोलेर आएको बाटो तथा देखाएको उज्यालोलाई सङ्ग्रहित गरिएको यस सङ्ग्रहालयले इतिहासको सम्झना र अग्रजप्रति सम्मान जगाएको छ”, महासचिव पोखरेलको भनाइ उद्धृत गर्दै सदस्य राईले भन्नुभयो । महासचिव पोखरेलसहित पार्टीको उच्चस्तरिय टोली यहि भदौ १६ गते चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन गएको हो।