अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिराहाबाट काँग्रेस र माओवादी त्यागेर नेताहरु एमालेमा प्रवेश

सिराहाबाट काँग्रेस र माओवादी त्यागेर नेताहरु एमालेमा प्रवेश


काठमाडौं- मधेस प्रद्येशको सिराहाबाट विभिन्न पार्टी परित्याग गरी नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा अहिले साँझ उनीहरु एमालेमा प्रवेश गरेका हुन् । एमाले मधेस प्रदेशका युवा नेता शम्भु साहका अनुसार यसरी प्रवेश गर्नेहरुमा गत निर्वाचनमा नेपाली काँग्रेसका प्रदेशसभाका उम्मेद्वार महेश अधिकारी,प्रदेशसभाकै अर्का उम्मेद्वार योेगेश कुमार सिंह रहेका छन् । यसैगरी काँग्रेसका सिराहा जिल्ला सदस्य रामएकलाव यादव,क्षेत्रीय प्रतिनिधी विनोद महतो र माओवादी केन्द्रका नेता रिकेश प्रसाद साह लगायत रहेका छन् ।


उनीहरुलाई पार्टी अध्यक्ष ओलीले खादा लगाएर एमालेमा स्वागत गर्नु भयो भने केन्द्रीय सदस्य सुनिता बरालले अबिर लगाएर स्वागत गर्नुभएको छ । नवप्रवेशीहरुको योग्यता र क्षमता अनुसार एमालेले जिम्मेवारी दिने अध्यक्ष ओलीले आस्वासन दिनुभएको छ ।

Skip This