मकवानपुर-नेपाली काँग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विकल्प खोज्ने वेला आएको बताउनुभएको छ।
प्रधानमन्त्री प्रचण्डले जातीय र धार्मिक तथा सामाजिक सहिष्णुता भड्काउने प्रकारका अभिव्यक्ति दिएको भन्दै उहाँले वर्तमान सरकाको विकल्प खोज्नुपर्ने बताउनुभयो।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर–११ सरस्वतीमा बिपी वाटिकाको उद्घाटन गर्नुहुँदै उहाँले प्रचण्ड नेतृत्वको सरकारले सामाजिक द्वन्द्व भड्काउने गरी सडक आन्दोलनमा युवाहरू उतार्ने लगायतका अभिव्यक्ति दिएकोमा आपत्ति जनाउनुभयो।
उहाँले काँग्रेसले सरकारलाई आफ्नो ट्र्याकमा ल्याउन पहल गर्नुपर्ने बताउनुभयो। ‘काँग्रेसले सरकारको नेतृत्वको परिवर्तन बारे छलफल तथा पहल अघि बढाउनपर्छ’,उहाँले भन्नुभयो।
उहाँले वर्तमान सरकार भइराखेमा देश अप्ठ्यारो स्थितमा पुग्ने दाबी समेत गर्नुभयो। काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाकै नेतृत्वमा सरकार गठन हुनुपर्ने उहाँकाे भनाइ थियो।






प्रतिक्रिया