अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संगठन निर्माणमा जुट्न सचिव भट्टराईको आग्रह

संगठन निर्माणमा जुट्न सचिव भट्टराईको आग्रह


जनकपुरधाम-नेकपा एमालेका नेता योगेश भट्टराईले अगामी निर्वाचनमा एमालेले प्रदेश र संघको नेतृत्व गर्नेगरी संगठन निर्माणमा लाग्न आह्वान गर्नुभएको छ।

धनुषाको शहीदनगर नगरपालिका ६ मा शहिद रामनारायण मण्डल (मुरबल)को २८ औं स्मृति दिवसमा बोल्दै सचिव भट्टराईले आह्वान गर्नु भएको हो । उहाँले महान शहीद मुरबलले देखाएको बाटोमा अविचलित ढंगले संगठन निर्माणमा लाग्नुपर्ने बताउनु भयो।

उहाँले अघिल्लो चुनावमा कुनै दलले बहुमत नल्याएकै कारण अहिले प्रदेश र संघ सरकार भ्रष्टाचारको अखाडा बनेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘संगठन निर्माणमा लागौं । २०८४ को चुनावमा मधेशमा मुख्यमन्त्री र देशको प्रधानमन्त्री एमालेको बन्नुपर्छ ।’

‘संविधान बनेको ९ वर्ष वितिसकेको छ’, उहाँले भन्नुभयो, ‘धेरै राजनीतिक अधिकार जनताले पाएका छौं । अझ पनि नेपाली जनताको भोको पेट कायम छ । जुत्ता चप्पल धेरै नेपालीले लगाउन पाएको छैन । राम्रो स्कूलमा शिक्षा र राम्रो उपचार पाएको अवस्था छैन । यी समस्याहरु पनि समाधान हुनुपर्छ ।’