अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको गण्डकी प्रदेश प्रनितिधी हुन चाहनेलाई बाग्लुङ अध्यक्ष हिराबहादुर केसीका १८ सुझाव

एमालेको गण्डकी प्रदेश प्रनितिधी हुन चाहनेलाई बाग्लुङ अध्यक्ष हिराबहादुर केसीका १८ सुझाव


पोखरा- नेकपा एमाले बागलुङका अध्यक्ष हिराबहादुर केसीले प्रदेश अधिवेशनका प्रतिनिधी हुन चाहने नेताहरुलाई १८ वटा सुझाव दिनुभएको छ । प्रदेशश अधिवेशनका लागि आज गण्डकीका सबै जिल्लामा प्रदेश प्रतिनिधी छनौट हुदैछ ।
उहाँले सामाजिक सञ्जालमा लेख्दै आज हुने प्रदेश प्रतिनिधी छनौट हुन इच्छुक नेताहरुहरुलाई गण्डकीमा एमालेको एकल सरकार निर्माण देखि पार्टीमा ५० प्रतिशत युवालाई समावेश गर्ने कार्यक्तमको नेतृत्व गर्नेसम्मका सुझावहरु छन् । उहाँले आफूले उल्लेख गरेका सुझावको कार्यन्वयन गर्न सक्ने नेताहरु प्रदेश अधिवेशनका प्रतिनिधी भएमा त्यसै अनुसारको कमिटी निर्माण हुने अपेक्षा गर्नुभएको छ । हेरौं नेता केसीले दिएका सुझावहरु के के छन् ?

आज २०८० असौज ६ गते, नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिबेशनको प्रतिनिधि छनोटको लागि मनोनयनको तयारी गरिरहनु भएका कमरेडहरुलाई अग्रिम बधाई तथा शुभकामना । हजुरहरुले निम्न बिषयहरु पक्का पनि हेक्का राखिरहनु भएको छ भन्ने अपेक्षा गरेको छु।
१. मिसन ग्रासरुट अभियानमा पत्ता लागेको रोगहरुको सफल उपचार ,सल्यक्रिया गर्नु पर्ने छ।
२. गण्डकी प्रदेशमा एमाले को एकल सरकार निर्माण गर्ने कार्यभारको सफल नेतृत्व गर्नु पर्ने छ।
३. दक्षिणपन्थी अवसरवाद र संगठानत्मक अराजकतालाई पराजित गर्नु पर्ने छ।
४.गण्डकी प्रदेशको विकाश र समृद्धिको सु स्पष्ट खाका कोर्नु पर्ने छ।
५.गुटका किराहरुलाई बिस्थापित गरि पार्टीका हिराहरुलाई स्थापित गर्नु पर्ने छ।
६. टिके प्रथाको अन्त्य गरि आन्तरिक लोकतन्त्र पुनस्थापित गर्नु छ।
७. आन्दोलनवाट व्याज,स्याज पनि असुल उपर गरिसकेका वर्तमानमा असान्दर्भिक बनिसकेका पात्र प्रवृत्तिको बोझबाट पार्टीलाई मुक्त गर्नु पर्ने छ।
८. युवा पुस्तामा पार्टीप्रती व्यापक आकर्षकको स्थिति निर्माण गरि युवा भर्ती अभियान तिब्र र प्रभावकारिरुपमा संचालन गर्नु पर्ने छ।
९.आधारभूत वर्ग,समुदाय र क्षेत्रमा पार्टी ब्यापकरुपमा बिस्तार गर्न सक्ने नेतृत्व र कार्ययोजना निर्माण गर्नु पर्ने छ ।
१०. पार्टीलाई फुल गेयर र फुल स्पिडमा संचालन गर्नु पर्ने छ ।
११. सिन्डिकेटरुपि अवरोधक पर्खाल भत्कायर व्यापक सम्भावनाको राजमार्ग निर्माण गर्नु पर्ने छ।
१२. जन संगठनहरुको कामलाई व्यापक,ब्यवस्थित र प्रभावकारीरुपमा आफ्नो समुदायको माग र मुद्दामा केन्द्रित गरि अभियान कै रुपमा संचालन गर्नु पर्ने छ ।
१३.पार्टीको आफ्नै अत्याधुनिक र ब्यवस्थित कार्यालय बनाउनु पर्ने छ।
१४. पार्टीको सम्पुर्ण कामहरुलाई पुर्णरुपमा डिजिटलाईज प्रणालीमा संचालन गर्नु पर्ने छ।
१५. समाजवादी चरीत्रका केही नमुना परियोजनाहरु हाम्रो प्रदेश भित्र पार्टी संगठनको योजना र नेतृत्वमा संचालन गर्नु पर्ने छ।
१६. कम्तीमा पनि पार्टी सदस्यमा ५० प्रतिसत युवाहरुलाई समाबेश गर्ने कार्ययोजना निर्माण गरि सफल कार्यान्वयन गर्नु पर्ने छ।
१७. बिदेशमा रहनु भयका गण्डकी प्रदेशका नेपाली दिदी बहिनी दाजु भाईहरुको बिचमा पार्टीप्रतिको सकारात्मक रुझान निर्माण गर्न व्यापक कार्ययोजना निर्माण गरि काम गर्नु पर्ने छ ।
१८. सु शासनको र जनजिबिकाको मुद्दामा पार्टीले नेतृत्वदायी र ससक्त भुमिका निर्भाहा गर्नु पर्ने छ ।

Skip This