अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानसेनापति शर्मा इन्डो–प्यासिफिक सम्मेलनमा सहभागी हुन भारत जाँदै 

प्रधानसेनापति शर्मा इन्डो–प्यासिफिक सम्मेलनमा सहभागी हुन भारत जाँदै 


काठमाडौँ–प्रधानमन्त्री सेनापति प्रभुराम शर्मा आज भारतको नयाँदिल्ली जाँदै हुनुहुन्छ । 

उहाँ १३ औँ इन्डो–प्यासिफिक सम्मेलनमा सहभागी हुन नयाँदिल्ली जान लाग्नुभएको नेपाली सेनाका प्रवक्ता सहायक रथि कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो । 

शर्मा बिहान साढे १० बजे नयाँदिल्ली प्रस्थान गर्ने नेपाली सेनाले जनाएको छ । १३ औँ इन्डो–प्यासिफिक सम्मेलन असोज ८ देखि १० गतेसम्म आयोजना हुँदैछ। सम्मेलनमा ३५ मुलुकका सैन्य प्रतिनिधिमण्डल सहभागी रहने बताइएको छ।

नेपाल, भारत, अमेरिका, अस्ट्रेलिया, बंगलादेश, इन्डोनेसिया, जापान, मलेसिया, भुटान, ब्रुनाइ कम्बोडिया, कोरिया, मालदिभ्स, मंगोलिया, म्यानमार, न्युजिल्याण्ड लगायत देशहरू सम्मेलनमा सहभागी हुने छन्।

प्रधानसेनापति शर्मा नेतृत्वको टोलीमा उपरथी योगराज शर्मा, महासेनानी वसन्तबहादुर गौतम र सेनाका प्रमुख सुवेदार रत्नबहादुर थापामगर सहभागी हुने जनाइएको छ । प्रधानसेनापति नेतृत्वको टोली ११ असोजमा स्वदेश फर्कने छ ।