काठमाडौं-नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत् ११४७ को शुभारम्भसँगै म्हः पूजा, गोवर्द्धन पूजा तथा हल तिहारको अवसरमा शुभकामना व्यक्त गरेका छन्।
तिहारको चौथो दिन तथा नेपाल संवत् ११४७ को पहिलो दिन सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले मौलिक परम्परा, प्रकृतिप्रेम र श्रमसभ्यतासँग जोडिएका पर्वहरूको महत्त्व उजागर गरेका छन्।
अध्यक्ष ओलीले म्हः पूजाले आत्मसम्मान र आत्मशुद्धिको सन्देश दिने, गोवर्द्धन पूजाले प्रकृति र पर्यावरणप्रतिको कृतज्ञता अभिव्यक्त गर्ने तथा हल तिहारले कृषि संस्कृतिको गरिमा उजागर गर्ने बताएका छन्।
‘हाम्रा मौलिक परम्परा, प्रकृतिप्रेम र श्रमसभ्यताका यी अनुपम पर्वहरूले जीवनमा सुख, समृद्धि र सद्भावको सञ्चार गरून्,’ अध्यक्ष ओलीले शुभकामना सन्देशमा भनेका छन्।
अध्यक्ष ओलीले नेपाल संवत् ११४७ को शुभकामना दिँदै ‘न्हु दँया भिन्तुना’ समेत व्यक्त गरेका छन्।



प्रतिक्रिया