अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौँ आउँदै छु: सहमहामन्त्री शिवाकोटी

प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौँ आउँदै छु: सहमहामन्त्री शिवाकोटी


काठमाडौँ-नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले सरकारले आफूलाई पक्राउ गर्न खोजिरहेको दाबी गरेका छन्। उनले प्रहरी लगाएर खोज्नुपर्ने अवस्था नरहेको भन्दै आफू काठमाडौँ आउँदै गरेको बताएका छन्।

बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेख्दै सहमहामन्त्री शिवाकोटीले सरकारको भय र भ्रमबाट आफू विचलित नहुने बताएका हुन्।

‘सरकार, तिम्रो भय र पारेको भ्रमले विचलित हुन्नँ। प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौँ आउँदै छु,’ सहमहामन्त्री शिवाकोटीले सामाजिक सञ्जालमा लेखेका छन्।

कांग्रेस सभापति गगन थापालाई सरकारले पक्राउ गर्न खोजिरहेको भन्ने समाचार सार्वजनिक भइरहेका बेला शिवाकोटीको यस्तो अभिव्यक्ति आएको हो।

यद्यपि, आफूलाई प्रहरीले किन खोजिरहेको छ भन्नेबारे उनले विस्तृत विवरण खुलाएका छैनन्।