हेटौँडा-मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ ओमनगरमा एक प्रहरी सहायक हवल्दार मृत फेला परेका छन् ।
गोरखाको आरुघाट गाउँपालिका–३ पोखरीटोल घर भई लमजुङस्थित इलाका प्रहरी कार्यालय भोटेओडारमा कार्यरत करिब ३६ वर्षीय अर्जुन गुरुङ झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार गुरुङ बिहीबार बिहान करिब ४ः३० बजे ओमनगरस्थित एक घरनजिकै रहेको जस्ताको ट्रसमा झुन्डिएको अवस्थामा फेला परेका थिए ।
बिहान मर्निङ वाकमा निस्किएका एक व्यक्तिले उनलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनास्थलबाट सुसाइड नोटसमेत फेला परेको प्रहरी उपरीक्षक खत्रीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Is this conversation helpful so far?



प्रतिक्रिया