अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओली बाहेक अरूले देशलाई समृद्धिको युगमा अगाडि बढाउन सक्दैनन्: हासचिव पोखरेल

अध्यक्ष ओली बाहेक अरूले देशलाई समृद्धिको युगमा अगाडि बढाउन सक्दैनन्: हासचिव पोखरेल


सुर्खेत-नेकपा एमालेका महासचिव शंकर पोखरेलले  पार्टी अध्यक्ष केपी शर्मा ओली बाहेक अरूले देशलाई समृद्धिको युगमा अगाडि बढाउन नसक्ने बताउनु भएको छ।

नेकपा एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशनको उद्घाटन समारोहलाई बुधबार सुर्खेतको वीरेन्द्रनगरमा सम्बोधन गर्दै महासचिव शंकर पोखरेलले एमालेलाई बलियो राष्ट्रिय शक्तिका रुपमा विकास गरिनुपर्ने बताउनु भयो।

उहाँले भन्नुभयो,’हामीले चाहेजस्तो परिणाम प्राप्त गर्न सकेनौँ । तर, जनताको रोजाईको‌ पहिलो‌ पार्टी बन्यो । तर, केन्द्रको‌ सरकारमा हामी हुन सकेनौँ ।’

महासचिव पोखरेलले एमाले सरकारमा नभएकोप्रति चिन्ता व्यक्त गर्नुभयो ‌। एमाले एक्लैले सरकारको नेतृत्व गर्नेगरी विभिन्न अभियानहरु संचालन गरिरहेका उहाँले बताउनु भयो।

‘हामीले राष्ट्र निर्माणको नेतृत्व गरिरहेका बेला सबै मिलेर एमालेलाई हटाएको र एमाले नेतृत्वमा नहुँदा समाजमा वितृष्णा जागेको छ,’ उहाँले भन्नुभयो,’ आज एमालेलाई चौतर्फी घेराबन्दी गरिएको छ।’

महासचिव पोखरेलले एमालेविरुद्धको घेराबन्दीलाई तोडेर एमाले नेतृत्वको सरकार बनाउने अभियानमा जुट्न‌ जरुरी रहेको बताउनु भयो। मिसन २०८४ मा एमाले एक्लैले बहुमत ल्याउने र सोही अनुसार नेता, कार्यकर्ताहरुलाई लाग्न उहाँले निर्देशन दिनुभयो ।

Skip This