अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालगन्ज क्षेत्रमा फेरि कर्फ्यु जारी, पाँच जनाभन्दा बढी भेला हुन नपाइने    

नेपालगन्ज क्षेत्रमा फेरि कर्फ्यु जारी, पाँच जनाभन्दा बढी भेला हुन नपाइने    


काठमाडौँ–नेपालगन्ज क्षेत्रमा फेरि कर्फ्यु आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले आज बिहान ६  देखि राति ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो । 

नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको ईन्द्रपुर जानेबाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा सीमा नाकाभित्र कर्फ्यु लगाइएको  प्रशासनले जनाएको छ । 

कर्फ्यु लगाइएको क्षेत्रमा कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन, पोस्टर, पर्चा टाँस्न नपाइने जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

यस्तै हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जना भन्दा बढी मानिस जम्मा हुन नपाउने गरी निषेधाज्ञा जारी गरिएको बताइएको छ ।