अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मनाङमा भिरबाट लडेर अमेरिकी नागरिकको मृत्यु

मनाङमा भिरबाट लडेर अमेरिकी नागरिकको मृत्यु


मनाङ-हिमाली जिल्ला मनाङ आउने क्रममा भिरबाट लडेर अमेरिकी नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकी नागरिक  ६९ वर्षीय चाल्स केथ डेभिज रहेका छन् ।

डेभिज बुधबार श्रीमती वेथ एन फोड्रियत, पथप्रदर्शक, चालक र पोटरसहित बा६च ७५६ नम्बरको गाडीमा लमजुङबाट मनाङ सदरमुकाम चामे आउँदै गरेका थिए । बेँसीसहर–चामे सडकखण्डअन्तर्गत मनाङको नासों गाउँपालिका–३ खोत्रोडाँडाबाट सडकमा झरेको ढुङ्गा पन्छाउने क्रममा बुधबार राति उनी सडकबाट करिब सय मिटर तल मस्र्याङ्दी नदी किनारमा खसेका मनाङका प्रहरी नायब उपरीक्षक फणिन्द्र रानाभाटले जानकारी दिनुभयो । 

जिल्ला प्रहरी कार्यालय चामे र इलाका प्रहरी कार्यालय धारापानीबाट खटिएको प्रहरी टोलीले उहाँको राति नै उद्धार गरी उपचारका लागि मनाङ जिल्ला अस्पताल चामे ल्याएको थियो । उपचारकै क्रममा बिहीबार बिहान मृत्यु भएको प्रहरी नायब उपरीक्षक रानाभाटले बताउनुभयो । डेभिजको शव परीक्षणका लागि हेलिकोप्टरमा बिहीबार त्रवि शिक्षण अस्पताल काठमाडौँ लगिएको प्रहरीले जनाएको छ ।

Skip This