अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

श्रीलंकामा गुडिरहेको बसमाथि रुख ढल्दा ५ जनाको मृत्यु

श्रीलंकामा गुडिरहेको बसमाथि रुख ढल्दा ५ जनाको मृत्यु


कोलम्बो-श्रीलंकामा शुक्रबार बिहान गुडिरहेको बसमाथि रुख खस्दा पाँच जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार कोलम्बोबाट दक्षिणी श्रलङ्काको देनियायातर्फ जाँदै गरेको बसमाथि रुख खसेको हो। दुर्घटनामा घाइते १७ जनाको कोलम्बो नेसनल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

उक्त दुर्घटनापछि कोलम्बोको व्यस्त सडकमध्येको एक डुप्लिकेसन सडकलाई हाल बन्द गरिएको छ।

क्षतिग्रस्त बस र ढलेको रुखलाई सडकबाट हठाउने काम भइरहेकाले सवारी आवागमन बन्द गरिएको प्रहरीले जनाएको छ। 

Skip This