अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कानून निर्माणमा एमाले प्रतिपक्षी हुँदैनः अध्यक्ष ओली

कानून निर्माणमा एमाले प्रतिपक्षी हुँदैनः अध्यक्ष ओली


काठमाडौंनेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कानून निर्माणमा आफ्नो पार्टी प्रतिपक्षको भूमिकामा नरहने बताउनुभएको छ।

शनिबार ललितपुरमा आयोजित विद्युत विधेयकसम्बन्धी अन्तरक्रिया कार्यक्रममा  उहाँले राष्ट्रिय हितलाई केन्द्रमा राखेर कानून निर्माण गर्नुपर्ने बताउनुभयो। कानून निर्माणमा एमाले प्रतिपक्षको भूमिकामा प्रस्तुत नहुने उहाँको भनाइ छ। 

अध्यक्ष ओलीले विद्युत विधेयक २०८० लाई राष्ट्रिय हित हुनेगरी संसदबाट पारित गराउन आफ्नो पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताउनुभयो। दलीय आधारमा संसदमा सो विधेयकबारे छलफल भए पनि त्यसलाई राष्ट्रिय हित अनुकुल हुनेगरी पारित गराउन आफ्नो पार्टीले रचनात्मक भुमिका निर्वाह गर्ने बताउनुभयो। 

उहाँले भन्नुभयो, ‘हामी संसदमा विद्युत विधेयकका विषयमा राम्रो छलफल गर्छौं । यो हाम्रो भुमिका भनेको प्रतिपक्षीय भुमिकाको कुरा होइन। राष्ट्रिय भूमिका हुन्छ। राष्ट्रको हितको भुमिका हुन्छ। त्यसको पक्षमा हामी हुन्छौं।’ अध्यक्ष ओलीले कानुन निर्माणको विषयलाई दलीय प्रश्न बनाउन नहुने बताउनुभयो।