काठमाडौँ–इजरायलमा हिजो भएको आतंकवादी आक्रमणको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले भर्त्सना गरेको छ । एनआरएनएले विज्ञप्ति जारी गर्दै इजरायल सरकारसँग ऐक्यबद्धता जनाएको हो ।
‘गैरआवासीय नेपाली संघ इजरायलका जनता र सरकारका साथै यस निर्मम आक्रमण प्रभावित पीडित एवं परिवारहरूप्रति गहिरो समवेदना प्रकट गर्दछ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
आक्रमणमा परी इजरालयमा रहेका ९ नेपाली घाइते भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
नेपालीको सुरक्षा र उद्धारका साथै घाइतेको उपचारका लागि गैरआवासीय नेपाली संघले राजदूतावास र त्यहाँस्थित सक्रिय नेपाली संघसंस्थाहरुसँग समन्वय गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।





प्रतिक्रिया