कैलाली–नेकपा एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशन आजदेखि सुरु हुँदैछ । धनगढीस्थित सौराइ ब्यांक्वाइटमा ११ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्नुहुने भएको हो ।
अधिवेशनको उद्घाटन सत्रमा पार्टी महासचिव शंकर पोखरेल, सचिव तथा कर्णाली इन्चार्ज लेखराज भट्ट, सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी र कर्णबहादुर थापालथायत केन्द्रीय सदस्यहरूको उपस्थिति रहने भएको छ ।
आज उद्घाटन सत्र सकिएलगत्तै बन्द सत्र सुरु हुने छ । प्रदेशको अध्यक्षमा नेताहरू कृष्णप्रसाद जैसी, कमल तिमिल्सिना र वचनबहादुर सिंहले दाबी गर्नुभएको छ ।




प्रतिक्रिया