काठमाडौं-प्यालेस्टिटानी लडाकु समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी केही नेपाली विद्यार्थी हताहत भएको हुनसक्ने सरकारले बताएको छ।
आजकाे संसद बैठकमा समय माग गरेर इजरायलमा रहेका नेपालीकाे अवस्था जानकारी गराउँदै परराष्ट्रमन्त्री एनपी साउदले १२ जना नेपाली विद्यार्थी सम्पर्क नभएकाे बताउनुभएकाे छ।
उहाँले सुदूरपश्चिम विश्वविद्यालयबाट गएका विद्यार्थीहरू सम्पर्कविहीन भएको बताउनुभयाे। ‘दक्षिणी इजरायलको किबुज अलुमिन भन्ने स्थानमा अध्ययनरत विद्यार्थीहरू सम्पर्कविहीन भएका छन्। राजदूतावासको अनुसार यो स्थान गाजा क्षेत्रबाट नजिक रहेका र त्यही हमास समूहबाट आक्रमण भएकाले १७ जना नेपालीहरूमध्येबाट २ जना सकुशल रहेको तीन जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ’ उहाँले भन्नुभयाे, ‘बाँकी १२ जना सम्पर्कमा नभएको र केही हताहत भएको हुँदा स्थिति यकिन गर्न संयन्त्र परिचालन गरिएको छ।’
इजरायलमा रहेका नेपालीहरूको वास्तविक स्थिति पहिचान गर्न, नेपालीहरूलाई सुरक्षित तवरले राख्न तथा उद्धारकाे सहयोग गर्न सरकार पक्षबाट आवश्यक सहजीकरण र समन्वय भइरहेको उहाँले बताउनुभयाे ।






प्रतिक्रिया