अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विद्युत विधेयकमा सरकारले राष्ट्रिय हितप्रति आँखा चिम्लियो: गोर्कण बिष्ट

विद्युत विधेयकमा सरकारले राष्ट्रिय हितप्रति आँखा चिम्लियो: गोर्कण बिष्ट


नेकपा(एमाले)का सांसद गोर्कण बिष्टले सरकारले संसदमा प्रस्तुत गरेको विद्युत विधेयक कतैबाट प्रेरित भएर ड्राफ्ट भएको आशंका व्यक्तगर्नुभएको छ।

आइतवार प्रतिनिधि सभा बैठकमा विद्युत विधेयक २०८० माथिको छलफलमा भाग लिँदै उहाँले विधेयक कहीँबाट प्रेरित भएर ड्राफ्ट भएको आशंका व्यक्त गर्नुभएको हो। उहाँले विधेयकले नेपालको राष्ट्रिय हितलाई आँखा चिम्लिएको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘एकातिर प्रतिष्पर्धाको कुरा गरिएको छ। तर अर्कोतिर फेरिपनि सोझै सम्झौतामार्फत ५ मेघावाट विद्युतसम्म पनि दिन सकिने गरी प्रावधान पनि राखिएको छ। यसले कुनै न कुनै हिसावले प्रतिस्पर्धालाई हतोत्साही गर्ने सम्भावना देखाएको छ। यस्ता अनेकन विषयमा प्रष्टता हुन जरुरी छ। यो विधेयकमा २०६५ सालमा पनि पर्याप्त प्रावधानहरु सहित संसदमा विधेयक प्रस्तुत गरिएको थियो। त्यसपछि पनि विभिन्न महत्वपूर्ण विषयहरुलाई समेटेर संसदमा प्रस्तुत गरिएको थियो। ती यावत् विषयहरुलाई यो ऐनले आँखा चिम्लेको छ वा बेवास्ता गरेको छ।’

उहाँले कुनै समयमा गरिएको सम्झौता र शर्तहरुलाई प्राथमिकतामा राखेर ड्राफ्ट गरिएको बताउनुभयो।