काठमाडौं-नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रले दिएको सुझाव निमायक निकायले नसुन्दा अर्थतन्त्र समस्यामा परेको बताउनु भएको छ।
नेपाल जग्गा तथा आवास विकास महासंघको बृहत् भेलालाई सम्बोधान गर्दै सरकारले अहिले केही प्रावधान सम्बोधन गर्न थालेको बताउनुभयो।
सरकारले लिएका नीति गलत भएको रियलाइजेसन गरेको बताउँदै अब सुधारतर्फ लागेको बताउनुभयो। सरकारले जग्गाको कित्ताकाट खुल्ला गरेको, ऋण प्रवाहमा केही सहज बनाएको बताउनु भयो।
नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले घरजग्गा व्यवसायलाई उद्योगको रूपमा स्थापना गर्न पहल गर्न आग्रह गर्नुभयो। घरजग्गा व्यवसायीलाई दलालको रूपमा मात्रै हेर्ने दृष्टिकोण परिवर्तन गर्न निजी क्षेत्र एक जुट हुनुपर्ने बताउनुभयो ।






प्रतिक्रिया