काठमाडौँ–यस वर्षको मनसुन आइतबारदेखि कर्णाली प्रदेशको अधिकांश भू–भाग र लुम्बिनी प्रदेशको पश्चिम भू–भागबाट पनि बाहिरिएको छ ।
सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिमी भू–भागबाट भने मनसुन गत असोज १९ गते नै बाहिरिएको थियो ।
हाल नेपालको पूर्वी तथा मध्य भागमा बंगलादेश र आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ।
कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।




प्रतिक्रिया