अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुखसँग राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीको भेट

सभामुखसँग राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीको भेट


काठमाडौँ-प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरसहितको टोलीले भेट गरेको छ। उक्त भेटका अवसरमा सभामुख घिमिरेले नेपालको मानवअधिकार आयोगको स्तर ‘ए’ श्रेणीमा नै कायम राख्ने सम्बन्धमा संसद्ले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज आयोगका अध्यक्ष मगरसहितको टोलीसँगको भेटमा सभामुख घिमिरेले उक्त विषयमा सरकारसँग समन्वय गर्ने र आफ्नोतर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सरकारसँग समन्वय गरी सङ्क्रमणकालीन न्याय एवं आयोगको ऐन सम्बन्धी संशोधन विधेयकमा आयोगका सुझावलाई समावेश गरेर अगाडि बढ्ने बताउनुभयो। 

आयोगका अध्यक्ष मगरले नेपालको स्तर ‘ए’ श्रेणी कायम गर्ने र मानवअधिकार आयोग ऐन तथा सङ्क्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयक हाल संसद्को मानवअधिकार समितिमा विचाराधीन रहेको अवस्थामा आयोगले दिएका सुझावका सम्बन्धमा उहाँले अवगत गराउनुभएको थियो। 

आयोगका सदस्य डा.सूर्य ढुङ्गेलले एशिया प्रशान्त मञ्च र राष्ट्रिय मानवअधिकार संंस्थाहरुको विश्वव्यापी सञ्जालसँग आयोगले गरेका छलफल तथा पहलबारे जानकारी गराउनुभयो। भेटमा आयोगका सदस्य मनोज दुवाडी, कामु सचिव मुरारीप्रसाद खरेल र मानव अधिकार अधिकृत खिमानन्द बस्यालसमेत सहभागी हुनुहुन्थ्यो।

Skip This