अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इजरायलको युद्ध क्षेत्रबाट ३२ नेपालीको उद्धार (नामावलीसहित)

इजरायलको युद्ध क्षेत्रबाट ३२ नेपालीको उद्धार (नामावलीसहित)


काठमाडौं-इजरायलको युद्धमा फसेका ३२ नेपालीको उद्धार गरिएको छ। हमासको नियन्त्रणमा रहेको इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभबाट ३२ जना नेपालीलाई उद्धार गरी सुरक्षित स्थानतर्फ लगिएको हो।

उद्धार गरेर लगिएका बर्दियाका लुइस रिजालले सामाजिक सञ्जालमा दिएको जानकारीअनुसार उनीहरुलाई राजधानी तेल अभिभतर्फ लगिएको छ। उनीहरु सुदूरपश्चिम विश्वविद्यालयबाट लर्न एण्ड अर्न कार्यक्रममा गएका हुन् । उनीहरुकै समूहका १० जनाको आक्रमणमा मृत्यु भएको थियो। यो टोलीमा ४९ जना थिए ।

’बंकरबाट निकालेर हामी सबैलाई सुरक्षित स्थानतर्फ लगेको छ,’ रिजालले भन्नुभयो, ’अलग अलग क्याम्पबाट उद्धार गरिएको हो।’ अब सुरक्षित स्थानतर्फ लागेकाले ढुक्क हुने अवस्था रहेको रिजालले बताउनु भएको छ।

उद्धार गरिएका अर्का एक विद्यार्थी नितिन भण्डारीका अनुसार १३ जनालाई बेतकाम क्षेत्रमा ल्याएर राखिएको छ । भण्डारीले अरु साथीहरु आउने क्रममा रहेको जानकारी दिनुभयो । ’हामीहरु सुरक्षित छौं साथीहरुसँग बसेर कुराकानी गरिरहेका छौं,’ भण्डारीले भन्नुभयो, ’हामी सबैलाई भेला गरेर तेल अभिभ लैजाने तयारी छ।’

बंकरमा लुकेर रात बिताइरहेका विद्यार्थीहरुको उद्धार गरेर सुरक्षित स्थानमा लगिएको हो । उनीहरुले अब आफूहरुलाई चाँडै नेपाल फर्काउन आह्वान गरेका छन्। युद्ध क्षेत्रबाट उद्धार गरेर सुरक्षित स्थानतर्फ ल्याइएका विद्यार्थी सुदुरपश्चिम विश्वविद्यालयबाट लर्न एण्ड अर्न कार्यक्रममा गएकाहरु हुन्।