अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दिगो विकासका लक्ष्य पूरा गर्न ऐन कानून सुधार गर्नुपर्छ: अध्यक्ष ढकाल

दिगो विकासका लक्ष्य पूरा गर्न ऐन कानून सुधार गर्नुपर्छ: अध्यक्ष ढकाल


काठमाडौं-नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दिगो विकासका लक्ष्यहरु पूरा गर्न सरकारले ऐन कानून र नीतिहरु सुधार गर्न आवश्यक रहेको बताउनु भएको छ।

मंगलवार महासंघ र राष्ट्रिय योजना आयोगको संयुक्त आयोजनामा भएको दिगो विकासका लक्ष्य कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताउनु भएको हो।

उहाँले नेपालमा दिगो विकासका लक्ष्यहरु पूरा गर्ने निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो। अध्यक्ष ढकालले निजी क्षेत्रले व्यवसायिक क्रियाकलाप बढाउनको लागि नीति, ऐन कानून र नीतिहरु सुधार हुन जरुरी रहेको बताउनु भयो।

उहाँले भन्नुभयो, ‘दिगो विकासका लक्ष्यहरु पूरा गर्न निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको छ। निजी क्षेत्रले व्यवसायीक क्रियाकलाप बढाउनको लागि नीतिहरुदेखि दिगो विकासका लक्ष्यहरु पूरा गर्ने व्यवसायिक गतिविधि बढाउन ऐन कानून र नीतिहरु सुधार हुनुपर्छ भन्ने कुरा हो।’

उहाँले दिगो विकासका लक्ष्यहरु पूरा गर्न निजी क्षेत्र महत्वपूर्ण पार्टनरका रुपमा काम गरिरहेको बताउनुभयो।

अध्यक्ष ढकालले भन्नभयो, ‘दिगो विकासका लक्ष्यहरु पूरा गर्नको लागि निजी क्षेत्र महत्वपूण पार्टनर भनिएको छ। त्यही अनुसार महासंघले यो विषयमा कार्यक्रम गरेको हो। अहिले नेपालमा व्यवसायिक गतिविधिहरु बढाएर व्यवसायीहरुको आत्मबल बढाने काम गर्नुपर्ने छ। यसको लागि निजी क्षेत्रले रोजगारी सिर्जनादेखि हरेक विषयमा ठूलो योगदान छ।’

उहाँले नेपालमा व्यवसायिक गतिविधिहरु बढाएर व्यवसायीहरुको आत्मबल बढाउने काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुयभयो।