अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राजीन राई बने डिशहोम सुपरस्टार

राजीन राई बने डिशहोम सुपरस्टार


काठमाडौं-राजीन राई डिशहोम सुपरस्टार बनेका छन्। डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत ०२५६४१९५२९६ कास आईडीका ग्राहक राईले नगद रु.एक लाख जितेका छन्।

२०८० असोज २२ गते सोमवार भएको लक्की ड्र मार्फत राईले नगद रु.एक लाख जितेका हुन्।

डीटीएच सेवा प्रदायक डिशहोमले दसैँ-तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ सार्वजनिक गरेको हो। यस योजना अन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरुले हरेक हप्ता लक्की ड्र मार्फत नगद रु.एक लाख प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटी झैँ जीवनशैली अनुभव गर्न सक्नेछन्।

त्यस्तै यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् जसमा नगद रु.दश लाख, मिडियामा प्रसिद्धी र सेलिब्रेटी झैँ जीवनशैलीको अनुभव पनि गर्न पाउनेछन्। यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरुले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने हुन्छ।

सुपरस्टारको छनोट हरेक हप्ताको सोमबार डिशहोमको शोकेश, सरोकार टिभी, रमाइलो टिभी, डिशहोमको आधिकारीक फेसबुक पेज र ईमेज टिभीमा साँझ पाँच बजे प्रत्यक्ष प्रसारण हुनेछ।

‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार अभियान’ असोज १ देखि सिमित अवधिको लागि नेपालभर लागू हुने कम्पनीले जनाएको छ।

Skip This