अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विश्व दृष्टि दिवस मनाइँदै

विश्व दृष्टि दिवस मनाइँदै


काठमाडौं-तिलगङ्गा आँखा प्रतिष्ठानको आयोजनामा असोज २५ गते चेतनामूलक कार्यक्रमसहित विश्व दृष्टि दिवस मनाइने भएको छ। 

मङ्गलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत रीता गुरुङले ‘कार्यस्थलमा आँखालाई माया गरौँ’ भन्ने नारासहित साताव्यापीरुपमा विभिन्न कार्यस्थलमा स्वास्थ्य टोली परिचालन गरी चेतनामूलक कार्यक्रम तथा आँखा शिविर सञ्चालन गरेर  विश्व दृष्टि दिवस मनाइने बताउनुभयो। 

नेपालमा ५० वर्षमाथिका २० प्रतिशत मानिसको दृष्टि कमजोर रहेका, दृष्टिविहीन गराउने प्रमुख कारक मोतीबिन्दु बनेको, उक्त उमेर समूहका अधिक मानिस मोतिविन्दुबाट पीडित हुने गरेको उहाँले बताउनुभयो। 

उहाँले आँखाको नानी र पर्दामा समस्या भएसँगै ज्योति कमजोर हुने जलबिन्दु र मधुमेहबाट अन्धोपनको जोखिम बढ्ने बताउनुभयो । 

उहाँका अनुसार प्रतिष्ठानले ३९ वटा पालिकासँग अन्धाेपन निवारण गर्न प्राविधिक सहयोगका साथ सहकार्य गरिरहेको छ।

Skip This