अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इजरायलबाट २५० जना नेपाली विमान चढे

इजरायलबाट २५० जना नेपाली विमान चढे


काठमाडौँ-युद्धग्रस्त इजरायलबाट नेपाल आउनका लागि २५० जना नेपाली विमान चढेका छन् । इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू विमान चढेका हुन् । 

नेपाली बोकेर इजरायलबाट उडेको विमान आज राति सवा ९ बजे काठमाडौंमा अतवरण हुनेछ। आफूहरु सबै प्रक्रिया पूरा गरेर विमान चढेको इजरालयबाट विपिन सुवेदीले बताउनु भयो।

नेपाली विद्यार्थी ल्याउनको लागि परराष्ट्रमन्त्री एनपी साउद नेतृत्वको टोली गएराति इजरायल प्रस्थान गर्नुभएको थियो।

नेपाल फर्किन चाहेका करिब चार सय नेपाली नागरिकमध्ये बिहीबार नेपाल वायुसेवा निगमको विमानमा २५० जना घर फर्कन लागेका हुन् ।