अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारकै कारण कालोबजारी मौलायो: पदम गिरी

सरकारकै कारण कालोबजारी मौलायो: पदम गिरी


काठमाडौं-प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक पदम गिरीले वर्तमान गठबन्धन सरकार निर्मम र निरङ्कुश भएको बताउनुभएको छ। 

बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै गिरीले विभिन्न माग राखी आन्दोलनरत स्थानीय तहका कर्मचारीको माग सम्बोधन गर्नुको सट्टा सरकार निर्मम दमनमा उत्रिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्थानीय तहका कर्मचारीले गरेको शान्तिपूर्ण आन्दोलनमा सरकार निर्ममतापूर्वक उत्रिएको छ, धेरै कर्मचारी घाइते हुनुभएको छ ।’

गिरीले सरकारको कारण बजारमा कालोबजारी मौलाएको बताउनुभयो। अहिले चाड पर्वको मुखमा बजारमा चिनीको कृत्रिम अभाव सिर्जना गरिएको उहाँको भनाई छ । कालोबजारीलाई सरकारले नै प्रश्रय दिएको उहाँले बताउनुभयो । 

नेपालका उद्योगीसँग अहिले पनि पर्याप्त मात्रामा चिनी भए पनि त्यो बजारमा आउन नसकेको उहाँले बताउनुभयो । ‘अहिले कालोबजारी मौलाएको छ, सरकारले कालोबजारीलाई प्रश्रय दिने काम गरेको छ’, उहाँले भन्नुभयो ।