अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सूर्य थापाको प्रश्न: नेपाली भूमिमा भारतीय प्रधानमन्त्री आएको कुरामा सरकार किन बेखर ?

सूर्य थापाको प्रश्न: नेपाली भूमिमा भारतीय प्रधानमन्त्री आएको कुरामा सरकार किन बेखर ?


काठमाडौं-प्रतिनिधि सभा सदस्य सूर्य थापाले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरामा भारतीय प्रधानमन्त्रीले भ्रमण गरेको विषयमा सरकारले संसद्मा जानकारी गराउनु पर्ने माग गर्नुभएको छ। 

बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै थापाले सो विषयमा संसद्लाई जानकारी गराउन सभामुखले सरकारलाई रुलिङ गर्नु पर्ने बताउनुभयो । ‘नेपाल सरकार किन बेखबर छ ? शासकहरू यस्ता विषयमा मौन रहने विगतकै रोग हो, यस्तै रवैया अपनाइएको हो कि के हो ? सरकारको तर्फबाट यो सदन बेखबर बन्न मिल्दैन’, थापाले भन्नुभयो । 

इजरायलमा हमासको हमलामा परी समस्यामा परेका विद्यार्थीलाई स्वदेश फर्काउने भन्दा पनि सरकार सुरुका दिनमा प्रचारमा केन्द्रित भएको भन्दै उहाँले आलोचना गर्नुभयो । नागरिकको समयमा नै उद्धार हुन नसक्नु गम्भीर कुरा भएको उहाँले बताउनुभयो । सबैभन्दा पहिला अलपत्र परेकालाई स्वदेश ल्याउन र मृतकको शव तत्काल ल्याई घर घरमा पुर्‍याउन उहाँले माग गर्नुभयो । 

स्थानीय तहका आन्दोलनरत कर्मचारीको जायज माग सम्बोधन गर्न उहाँले सरकारसँग माग गर्नुभयो । कर्मचारी आन्दोलनमा हुँदा स्थानीय तहको काम ठप्प भएको प्रति उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । 

नेपालगञ्जका चेतन मानन्धरका हत्यारालाई सरकार र राष्ट्रपतिको मिलेमतोमा छुटाएको भन्दै उहाँले त्यस प्रति पनि आपत्ति जनाउनुभयो ।