अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

फ्राइडे रिलिज : आजदेखि ‘परदेशी–२’ र ‘कौसीद’ हलमा 

फ्राइडे रिलिज : आजदेखि ‘परदेशी–२’ र ‘कौसीद’ हलमा 


काठमाडौँ–फ्राइडे रिलिजअन्तर्गत आज दुईवटा नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । ‘परदेशी–२’ र ‘कौसीद’ आज रिलिज भएका हुन् ।

‘परदेशी–२’लाई नारायण रायमाझीले निर्देशन गरेका हुन् । रमेश बिजीको लेखन रहेको चलचित्रमा प्रकाश सपूत, दिलीप रायमाझी, केकी अधिकारी, वर्षा शिवाकोटीलगायत कलाकार मुख्य भूमिकामा छन् । गायनमा जमेका प्रकाश सपुतको पहिलो चलचित्र उनका लागि करिअरको परीक्षा समेत हो ।

कुमार भाष्करको निर्देशन रहेको ‘कौसीद’ मा भोलाराज सापकोटा र ऋचा शर्मा मुख्य भूमिकामा छन् । यो चलचित्र भने प्रचार बिना नै रिलिज भएको हो ।

Skip This