अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिंहदरबारबाट कृष्ण पहाडीसहित १६ जना मानवअधिकारकर्मी पक्राउ

सिंहदरबारबाट कृष्ण पहाडीसहित १६ जना मानवअधिकारकर्मी पक्राउ


काठमाडौँ-सिंहदरबारमा प्रदर्शन गर्ने मानवअधिकारवादीलाई प्रहरीले पक्राउ गरेको छ। मानव अधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीसहित १६ जनालाई पक्राउ गरिएको हाे।

पक्राउ परेका १४ पुरुष र दुई जना महिला गरी १६ जनालाई नगर प्रहरी कार्यालय भृकुटिमण्डपमा राखिएको प्रहरीले जनाएको छ।

विभिन्न अपराधमा जेल सजाय काटिरहेका व्यक्तिहरूलाई राष्ट्रपतिले दिएको आममाफी विरुद्ध शान्ति समाजले विरोध प्रदर्शन गरेको थियो।

सोही विषयलाई लिएर यसअघि असोज २२ गते समाजले राष्ट्रपति कार्यालय अगाडि पनि विरोध प्रदर्शन गरेको थियो। त्यसक्रममा पनि प्रहरीले पहाडीसहित ११ जनालाई नियन्त्रणमा लिएको थियो।

मानवअधिकार तथा शान्ति समाजले कुशासन र दण्डहीनता विरुद्ध असोज २१ गते देखि १० बुँदामा केन्द्रित रही सञ्चालन गरिरहेको देशव्यापी अभियानका क्रममा यो प्रदर्शन आयोजना गरिएको जनाएको छ ।