काठमाडौं नेकपा एमाले राष्ट्रिय सभा संसदीय दलका नेता देवेन्द्र दाहालले नेपालमा विश्वविद्यालयसँग सम्वन्धित अवधारण नै विकास गर्न जरूरी रहेको बताउनु भएको छ।
शुक्रबार राष्ट्रिय सभामा शहिद दथरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक माथि धारणा राख्ने क्रममा उहाँले विश्वविद्यालय प्रतिको धारणा विकास गरेर जानुपर्ने बताउनुभएको हो।
सवै स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुलाई समेट्ने गरी कानून बनाउन जरुरी रहेको भन्दै नेता दाहालले भर्खरै मात्रै नेपाल विश्वविद्यालय विधेयक सभाबाट पारित भएको स्मरण गराउँदै छुट्टा छुट्टै विषयसँग सम्वन्धित विश्वविद्यालय बनाउँदा उचित हुने उहाँले भन्नुभयो ।
उहाँले भन्नुभयो, ‘चिकित्सा शिक्षातर्फ छुट्टै विश्वविद्यालय आवश्यक भएको कुरालाई नकार्न सकिदैन तर पनि चिकित्सा विज्ञान भनेर छुट्टाछुट्टै विश्वविद्यालय बनाउने कि नबनाउने भन्ने विषय पनि सोचनिय विषय छ।’
गेटा विश्वविद्यालयको नामले चर्चित सुदुर पश्चिमका बासिन्दाको सपनाको परियोजनाको रुपमा रहेको विश्वविद्यालय विधेयकलाई अन्तिम रुप दिँदा उल्लेखित विषयहरुलाई ध्यान दिन सभाध्यक्ष मार्फत उहाँले शिक्षामन्त्रीको ध्यानाकर्षण पनि गराउनुभयो।






प्रतिक्रिया