अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन गर्न अध्यक्ष ओली आज पोखरा जाँदै

केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन गर्न अध्यक्ष ओली आज पोखरा जाँदै


काठमाडौं -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पोखरा जाँदै हुनुहुन्छ । पोखरामा आजबाट सुरु हुने केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको उद्ध्घाटन गर्न अध्यक्ष ओली पोखरा जान लाग्नु भएको हो । अध्यक्ष ओलीको सचिवालयका अनुसार पोखरा जानका लागि अध्यक्ष ओली बालकोट निवासबाट विमानस्थलतर्फ जाँदै हुनुहुन्छ ।
केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिता कास्कीको पोखरामा बिहीबार​ शुरु हुँदैछ। पोखरा क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगितामा १२ टोलीले प्रतिस्पर्धा गर्दैछन्।

आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यका अनुसार सात प्रदेशका सात टिम, विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी, सशस्त्र प्रहरीको एपीएफ र आयोजक मदन भण्डारी एकेडेमीका रेड र ब्लु गरी दुई टोलीसहित १२ टोली सहभागी हुनेछन्।

पहिलो दिन समूह ए का बागमती प्रदेश र मदन भण्डारी रेडबीच प्रतिस्पर्धा हुँदैछ। यी दुई टोलीबीचको खेल बिहान ११ बजे शुरु हुनेछ। चार समूहमा खेलाइने खेलमा हरेक समूहको समूह विजेता मात्र सेमिफाइनलमा पुग्नेछन्।

फाइनल खेल मंसिर १५ गते हुनेछ। प्रतियोगिताको च्याम्पियन टोलीले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

Skip This