अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओलीलाई लम्जुङमा भव्य स्वागत (फोटो फिचर)

एमाले अध्यक्ष ओलीलाई लम्जुङमा भव्य स्वागत (फोटो फिचर)


लम्जुङ- नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई लम्जुङमा भव्य स्वागत गरिएको छ।

नेकपा एमाले सञ्चालन गरिरहेको ‘समृद्धिका लागि सङ्कल्प यात्रा’को अभियान अन्तर्गत अध्यक्ष ओलीसहितको टोलीलाई लम्जुङमा आज भव्य स्वागत गरिएको हाे। समृद्धिका लागि संकल्प भन्ने नारासहित सुरु गरेको मध्यपहाडको यात्रा आज लम्जुङ पुगेको छ।

आजको यात्रा पोखराबाट सुरु भएर नयाँपुल, रामटार, काँडे र भोर्लेटारमा नेता, कार्यकर्ता तथा शुभेच्छुकहरुसँग भेटघाट कार्यक्रम सकेर समृद्धिका लागि संकल्प यात्राकाे टाेली लम्जुङ पुगेकाे हाे। लम्जुङको सुन्दर बजारमा आमसभा पनि हुने पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो। 

 अध्यक्ष केपी शर्मा ओली सहितको केन्द्रीय टिम आज गोरखामा बास बस्नेछ।

मध्यपहाडी राजमार्गको पश्चिमी सुरुवाती विन्दु बैतडीको झुलाघाटबाट मंसिर १४ गते सुरु भएको यो यात्रा पूर्वी सिमाविन्दु पाँचथरको चिवाभञ्ज्याङमा पुस १ गते सकिने छ।


सम्बन्ध स्थानीय,सन्देश राष्ट्रिय भन्ने भन्ने मुल नारा लिएर मध्यपहाडको जनजनीवन,राजनीति,समस्या,समाधानका उपाय आदिका बारेमा स्थानीबासीहरुसँग अन्तरक्रिया गर्ने उद्धेश्यले यात्रा आयोजना गरिएको एमालेले जनाएको छ।

Skip This