अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रुसी सेनामा कार्यरत चार नेपाली युक्रेनमा बन्धक

रुसी सेनामा कार्यरत चार नेपाली युक्रेनमा बन्धक


काठमाडौं-रुसी सेनामा कार्यरत चार जना नेपालीलाई युक्रेनले बन्दी बनाएको छ।

परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति प्रकाशित गरी युक्रेनमा चार जना नेपाली नागरिकहरूलाई बन्दी बनाएको सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

परराष्ट्रका अनुसार बर्दियाको राजापुर-१ का विवेक खत्री,  काभ्रेपलाञ्चोकको मण्डनदेउ-६ का सिद्धार्थ ढकाल, मोरङको लेटाङ-२ का विकास राई र रोल्पाको रून्टिगढी-८ का प्रतिक पुन युक्रेनी सेनाको बन्धक बनेका छन्।

बन्दी बनाइएका नेपालीहरूको शीघ्र रिहाइ गरी नेपाल फिर्ता पठाउन युक्रेनी सरकारलाई कूटनीतिक माध्यमबाट अनुरोध गरिएको पनि मन्त्रालयले स्पष्ट पारेको छ।

Skip This