अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धरानपछि दमकमा पनि हटाइयो राष्ट्रपति, प्रधानमन्त्रीको तस्विर

धरानपछि दमकमा पनि हटाइयो राष्ट्रपति, प्रधानमन्त्रीको तस्विर


विराटनगर-धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालको तस्विर आफ्नो कार्यकक्षबाट हटाएको भोलिपल्ट दमक नगरपालिकाका मेयर राम थापाले पनि उनीहरुको तस्विर हटाइ दिनुभएको छ।

हर्क साम्पाङले पौडल र दाहालको तस्विर हटाएर किराँती राजा यलम्बरको तस्बिर राख्नुभएको थियो । त्यसको भोलीपल्ट दमक नगरपालिकाका मेयर राम थापाले आफ्नो कार्यकक्षमा पृथ्वीनारायण शाहको तस्विर राख्नुभएको छ। उहाँले पनि राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालको तस्विर हटाउनुभएको हो । थापा राप्रपाबाट निर्वाचित मेयर हुनुहुन्छ।