अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुख घिमिरे र आयरल्याण्डको माथिल्लो सभाका अध्यक्ष बट्टिमरबीच शिष्टाचार भेट

सभामुख घिमिरे र आयरल्याण्डको माथिल्लो सभाका अध्यक्ष बट्टिमरबीच शिष्टाचार भेट


काठमाडौं-सभामुख देवराज घिमिरे र आयरल्याण्डको माथिल्लो सभा शाअनड एरेनका अध्यक्ष जेरी बट्टिमरबीच मंगलबार शिष्टाचार भेट भएको छ।
नेपालको पाँच दिने औपचारिक भ्रमणमा आउनु भएका अध्यक्ष बट्टिमरसँग सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय आदान प्रदान लगायतका विषयमा छलफल भएको छ।

भेटमा सभामुखले संसदीय लोकतन्त्र, मानव अधिकार, विधिको शासन र स्वतन्त्रता साझा प्रतिबद्धताहरू भएको बताउनु भयो। उहाँले भन्नुभयो, ‘आयरल्यान्डको संसदमा आयरल्याण्ड-नेपाल संसदीय मैत्री समूह गठन भएकोमा हामीलाई खुशी लागेको छ। हालै नेपालमा पनि नेपाल-आयरल्याण्ड संसदीय मैत्री समूह गठन भएको छ। संसदीय मैत्री समूहको गठन भएबाट आगामी दिनहरूमा दुई देशबीच संसदीय प्रतिनिधिमण्डलको भ्रमण आदानप्रदान गर्न सहज हुने र यसबाट दुई देशबीचको संसदीय सम्बन्ध अझ मजबुत हुने विश्वास गरिएको छ।’

दुई देशबीचको सम्बन्धलाई सुमधुर बनाउन संसद र सांसदहरूको महत्त्वपूर्ण भूमिका रहेको बताउनु भयो। गत वर्षको आफ्नो आयरल्याण्ड भ्रमणका दौरान दुई देशबीच संसदीय आदानप्रदान घनीभूत बनाउने एवम् संसदीय सम्बन्धलाई थप सुदृढ बनाउने बारे छलफल भएको स्मरण गर्नु भयो ।

सन् २०१५ मा नयाँ संविधान जारी भएपश्चात नेपालले लोकतान्त्रिक गणतन्त्र, संघीयता, समानुपातिक समावेशीकरण, धर्म निरपेक्षता, जनताका मौलिक अधिकार, मानव अधिकार, कानूनको शासन, सामाजिक न्याय लगायतका लोकतन्त्रका मूल्य र मान्यताहरूलाई आत्मसात गरेको उल्लेख छ।

Skip This