अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुर्खेतमा विमानस्थल सार्ने हैन, विस्तारमा सबैको एकमत

सुर्खेतमा विमानस्थल सार्ने हैन, विस्तारमा सबैको एकमत


काठमाडौं -विमानस्थल विस्तार कि नयाँ निर्माण भन्ने विषयमा केही समय देखि विवादमा रुमलिएको वीरेन्द्रनगरमा विमानस्थल विस्तार गर्न पहल गर्नेतर्फ राजनीतिक दल,नगरपालिका र नागरिक समाजका प्रतिनिधीहरु एकमत भएका छन् ।

सुर्खेत विमानस्थल विस्तार गर्दा नयाँ निर्माण गर्न भन्दा बढी रकम लाग्ने कारण देखाउँदै भेरीगंगा नगरपालिकाको रामघाटमा सार्ने प्रस्ताव आएपछि सुर्खेतवासी दुईधारमा विभाजन भएका थिए । तर नयाँ विमानस्थलको नापजाँच र निर्माण गर्न लाग्ने समय कुर्ने पक्षमा यहाँ बासिन्दा देखिएका छैनन् । त्यती मात्र होइन कर्णाली प्रदेश राजधानी भएकोले प्रदेश सरकार लायत प्रादेखिक अड्डा नै यही सहरमा भएकोले विमानस्थल अन्यत्र लैजाने कुरा कल्पनासम्म गर्न नसकिने यहाँका राजनीतिक दलहरुको धाणा छ ।
आज नगरपालिकामा आयोजना गरिएको सर्वपक्षीय छलफलमा एमाले प्रदेशसभा दलका नेता एवं एमाले स्थायी कमिटी सदस्य यामलाल कडेलले विमान स्थल विस्तार कि नयाँ निर्माण भन्ने विषयमा बहस गर्नु जरुरी नभएको बताउनुभयो । उहाँले यही विमानस्थललाई विस्तार गरेर कर्णालीका जनतालाई हवाइसेवा मार्फत संघीय राजधानी र प्रदेशका अन्य जिल्लासँग पनि जोड्नु पर्ने बताउनुभयो । उहाँले कसैले चाँहदैमा विमानस्थल सार्ने भन्ने कुरा कोरा कल्पना मात्र भएको बताउनुभयो ।
काँग्रेस नेता एवं सुर्खेत २ का साँसद हृदयराम थानीले विमानस्थल विमानस्थल विस्तारमा आफू विगत देखि नै क्रियाशिल रहेको बताउनुभयो । सुर्खेतको मात्र नभएर कर्णालीकै परिचायक भइसकेको यो विमानस्थल निर्माणका लागि सरकारका जुनसुकै निकायलाई घच्घच्याउन आफू तत्पर रहेको उहाँले प्रतिवद्धता जनाउनुभयो ।


नगरप्रमुख मोहनमाया ढकालले विमानस्थल विस्तारका लागि आवश्यक पर्ने मुआब्जा हालको चलनचल्तीको मूल्यमा हुनुपर्ने र यस विमानस्थलको विस्तारको सहजिकरणका लागि नगरपालिकाले सबै प्रयत्न गर्ने बताउनुभयो । आँगनमा रहेको विमानस्थललाई अन्यत्र सार्न नगरपालिकाले सहमति दिन्छ कि भन्ने कुरा सोच्नै नसकिने उहाँले बताउनुभयो । विमानस्थल विस्तारका लागि संघीय र प्रदेश सरकारलाई स्थानीय सरकारले पाएको अधिकार भित्र रहेर सबै सहयोग गर्न आफू तत्पर रहेको ढकालको प्रतिवद्धता थियो ।
आजको छलफलमा उद्योग वाणिज्य संघ,अमरज्योती माविका प्रअ,विद्यालय व्यवस्थपन समितिका अध्यक्ष लगायतको सहभागिता रहेको थियो ।
नगरपालिकामा भएको सर्वपक्षीय बैठकले विमानस्थल विस्तारका लागि निम्न ६ बुंदे प्रस्ताव पारित गरेको छ ।