अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मधेश प्रदेशमा खुल्यो नेपाल इन्भेष्टमेन्ट मेगाको नयाँ शाखा

मधेश प्रदेशमा खुल्यो नेपाल इन्भेष्टमेन्ट मेगाको नयाँ शाखा


सिमरा-नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले बुधबारदेखि बारा जिल्ला सिमरा उपमहानगरपालिका-२, सिमरा रोडस्थित नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

योसँगै मधेश प्रदेशमा बैंकको २१ वटा शाखाहरु भएका छन्। बैंकका प्रमुख कार्यकारी अधिकृत श्री ज्योती प्रकाश पाण्डेले सिमरा शाखाको उद्घाटन गर्नुभयो।

उद्घाटन गर्दै प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले आर्थिक कारोबार अब बैंकमार्फत नै हुने भएकाले त्यस क्षेत्रका बासिन्दाहरुलाई सहज हुने बताउनु भयो।

उहाँले बैंकिङ सेवाको पहुँचबाहिर रहेको सिमरा तथा आसपास क्षेत्रमा बसोबास गर्ने सेवाग्राही तथा उद्योग व्यवसायीहरुलाई बैंकिङ सुविधा सहज रुपमा उपलब्ध हुने बताउनु भयो।

बैंकका सिमरा शाखा प्रमुखले सेवाग्राहीहरुलाई यस शाखामार्फत बैंकले प्रभावकारी सेवा दिइने बताउनु भयो। हाल बैंकले २६२ शाखा कार्यलय र ६३ वटा एक्सटेन्सन काउन्टरमार्फत सुविधा दिँदै आएको छ। 

Skip This