अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नगर प्रमुखको चरित्रहत्या गर्नेलाई कारबाही गर्न युवा संघको माग

नगर प्रमुखको चरित्रहत्या गर्नेलाई कारबाही गर्न युवा संघको माग


उर्लाबारी-सामाजिक सञ्जाललाई रिसिइबी साधनको माध्यम बनाई व्यक्तिको मानमर्दन र चरित्र हत्या गर्ने कार्य मौलाएको भन्दै एमाले निकट राष्ट्रिय युवासंघ उर्लाबारी नगर कमिटीले प्रहरीको ध्यानाकर्षण गराएको छ ।

बुधबार युवा संघ उर्लाबारीका अध्यक्ष नितम चौहान र इञ्चार्ज केशव घिमिरेको अगुवाईमा युवाहरुले इलाका प्रहरी कार्यलय पुगी प्रहरी निरीक्षक देबेन्द्र दासलाई ध्यानाकर्षण पत्र बुझाउनुभएको हो ।

ध्यानाकर्षण पत्रमा सामाजिक सञ्जालको प्रयोग गरी केही व्यक्तिले उर्लाबारीका नगरप्रमुख गंगा खरेल र केही सामाजिक व्यक्तिको निजी जीवनमै धावा बोल्ने, कतैबाट पुष्टि नहुने सामग्री पोष्ट गर्ने गरिएको जनाइएको छ । त्यस्ता सामग्रीले साइबर अपराधको कानुन आकर्षित हुने भएको उल्लेख गर्दै दोषीलाई कारबाहीको दायरामा ल्याउन युवा संघले आग्रह गरेको छ ।

कसैलाई लाञ्छित गर्नुअघि प्रमाण पेस गर्न युवा संघले सम्बन्धिहरुलाई चुनौती दिएको छ । साथै समाज नै दिग्भ्रमित हुने किसिमका सामग्रीहरु पोष्ट नगर्न संघले सबैमा अपिलपनि गरेको छ । 

ज्ञापन बुझ्दै प्रहरी निरीक्षक देबेन्द्र दासले जो कोही भएपनि सञ्जालका माध्यमबाट व्यक्तिको चरित्रहत्या गर्नेलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रहरी कार्यालयमा युवा संघको नगर कमिटीमा आबद्ध युवाहरुसँगै उर्लाबारी ५ का वडाध्यक्ष रविन लामा, संघका नेता योगराज लाबुङ, सरोज पोख्रेललगायतको उपस्थिति रहेको थियो ।

Skip This