अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले टिआरसी विधेयक टुंग्याउन दिएन भन्ने गलत प्रचार नगर्न सचेतक बर्तौलाको आग्रह

एमालेले टिआरसी विधेयक टुंग्याउन दिएन भन्ने गलत प्रचार नगर्न सचेतक बर्तौलाको आग्रह


काठमाडौँ-नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले एमालेले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकहरु एमालेले टुंग्याउन दिएन भनेर गलत प्रचार नगर्न आग्रह गर्नुभएको छ।

बिहीवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो।

सचेतक बर्तौलाले नेकपा एमालेले पीडितका आवाजहरु र बाहिर जनताका आवाजहरु बोलेकाले ती आवाजलाई पनि सुनेर अघि बढ्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो, ‘यी विषयहरु हामी सहमतिमै टुंग्याउन सक्छौँ। यदि भएन भने बिल निर्माणको आफ्नो प्रक्रिया छ । बिल निर्माणको आफ्नो प्रक्रियामा हाम्रा भनाइहरु रहन्छन्।’ 

उहाँले एमालेले असहमति जनाएका कुराहरुलाई लिएर सरकारले एमालेले काम गर्न दिएन भन्ने गलत प्रचार गरेको आरोप लगाउँदै सरकारले विधेयकहरु प्रक्रियागत रुपबाट अघि बढाउन सक्ने बताउनु भयो।

उहाँले विधेयक निर्माण गर्दा टाउकोको मूल्य तोक्ने र तोकिनेहरु मिलेर विधेयक आफू अनुकुलको बनाए भन्ने सन्देश बाहिर जान नदिनका लागि एमाले सचेत रहेको बताउनुभयो। उहाँले टिआरसीसँग सम्बन्धित विधेयक सहमतिबाटै टुंग्याउन आवश्यक रहेको बताउनु भयो।

‘यो कुरा फेरि पनि भन्छु तर मान्छेहरुलाई यति के नपरोस् भने हिजो टाउकोको मूल्य तोक्ने तत्कालीन प्रधानमन्त्री शेरबहादुरजी पनि र तोकिने पुष्पकमल दाहालज्यु पनि सरकारमा हुनुहुन्छ। सरकारबाट मिलेर बनाए भन्ने भ्रम जनतामा नपरोस्। त्यसमा हामी सचेत छौँ। गहन छलफल गरेर नै टुंग्याऔँ’ बर्तौलाले भन्नुभयो, ‘व्यवस्थित कानुन बनाउने कोणबाट नै हामीले सोचेरै जाऔँ । सबैको साझा विषय हो भन्ने ठाउँबाट बुझ्नुहोला। सरकारको तहबाट समाजमा उठेका मुद्दा प्रतिपक्षका बेन्चबाट आउँछन् भन्ने ठानिदिनुपर्छ । विधेयक निर्माणको प्रक्रियामा आफू अघि बढ्न सक्नुहुन्छ, एमालेले रोकिरहेको छ भन्ने प्रचार गर्दै हुनुहुन्छ, यो गलत छ।’

सचेतक बर्तौलाले विधेयक अब छिटो टुंग्याउन आवश्यक रहेको बताउनु भयो।

Skip This