अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल-पाकिस्तान सम्बन्धबारे छलफल

नेपाल-पाकिस्तान सम्बन्धबारे छलफल


काठमाडौँ-परराष्ट्रसचिव सेवा लम्सालसँग नेपालका लागि पाकिस्तानका राजदूत अबरर एच हास्मीले भेटवार्ता गर्नुभएको छ। परराष्ट्र मन्त्रालयमा आज भएको भेटमा नेपाल-पाकिस्तान सम्बन्धका सबै विषयमा छलफल भएको यहाँस्थित पाकिस्तानी राजदूतावासले जनाएको छ।

त्यस अवसरमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) नेपाल–पाकिस्तानबीचको शिक्षा, व्यापार, पर्यटन, जलवायु परिवर्तनका क्षेत्रमा सहयोग बढाउने तथा विद्यमान द्विपक्षीय संयन्त्रलाई पुनः सक्रिय तुल्याउने सम्बन्धमा छलफल भएको थियो।

राजदूत हास्मीले नवनियुक्त सचिव लम्साललाई पाकिस्तानका विदेश सचिव मुहम्मद साइरस क्बाजीले पठाउनुभएको पत्र हस्तान्तरण गर्नुभएको थियो।

Skip This