अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंमा हिजो भन्दा आज चिसो बढ्यो

काठमाडौंमा हिजो भन्दा आज चिसो बढ्यो


काठमाडौं- हिजोको तुलनामा आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम केही घटेको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालयका अनुसार आज बिहान ५ः४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४।८ डिग्री सेल्सियस देखिएको हो।
हिजो सोही समयमा उपत्यकाको न्यूनतम तापक्रम ५.२ डिग्री सेल्सियस देखिएको थियो भने पछि बिहान ८.४५ बजे पुनः मापन गर्दा ५ डिग्री सेल्सियस देखिएको थियो।

आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियससम्म रहने अनुमान गरिएको मौसमविद् अर्यालले बताउनुभयो।

आज काठमाडौँ उपत्यकाको मौसम आंशिक बदलीको अवस्थामा रहने देखिएको मौसमविद् अर्यालले जानकारी दिनुभयो। यसको अर्थ आकाशमा अलि अलि बादल लागे पनि आज उपत्यकामा घाम लाग्ने सम्भावना छ।

Skip This