काठमाडौँ–देशको तराईका अधिकांश स्थानहरुमा बाक्लो हुस्सु/कुहिरो लागेको छ ।
बिहानको समयमा तराईका अधिकांश स्थानहरुमा लागेको हुस्सु/कुहिरो अपरान्ह सम्ममा क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार सोको प्रभावले तराईको दैनिक जनजीवन र स्वास्थ्य पर्न छ ।
यस्तै हुस्सु/कुहिरोले सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने सम्भावना रहेको विभागले जनाएको छ । चिसोबाट बच्न आवश्यक सावधानी तथा सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।






प्रतिक्रिया