अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

खेलकुद क्षेत्रको पूर्वाधार निर्माणमा प्राथमिकता दिनुपर्छ: रक्षामन्त्री खड्का

खेलकुद क्षेत्रको पूर्वाधार निर्माणमा प्राथमिकता दिनुपर्छ: रक्षामन्त्री खड्का


ललितपुर-उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले खेलकुद क्षेत्रको विकासका साथै खेलाडीको क्षमता अभिवृद्धिका लागि खेलकुद पूर्वाधारलाई प्राथमिकता दिन जरुरी रहेको बताउनुभएको छ।

ललितपुर जिल्ला खेलकुद विकास समितिद्वारा आज बुद्धि विकास खेलमैदान लगनखेलमा आयोजित १४औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उहाँले खेलकुद क्षेत्रको विकास र खेलाडीको प्रतिभा प्रस्फुटन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी तयार पार्नका लागि इमानदारी तथा जिम्मेवारीपूर्वक अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। 

'खेल क्षेत्रको विकासका लागि खेलकुद पूर्वाधारलाई प्राथमिकता दिन जरुरी छ। आफू सरकारको जिम्मेवारीमा रहँदा यस क्षेत्रको विकासका लागि इमानदारीपूर्वक अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्न चाहान्छु', उपप्रधानमन्त्री खड्काले भन्नुभयो, 'तीनै तहको सरकार मिलेर खेलकुद पूर्वाधार निर्माण गर्नुपर्छ। यसका लागि एकताबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्न चाहान्छु।' उहाँले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी खेलाडीलाई मित्रवत् प्रतिस्पर्धामा लाग्न आग्रह गर्नुहुँदै सफलताको शुभकामना व्यक्त गर्नुभयो। 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य मदनबहादुर अमात्यले खेलकुुदका माध्यमबाट खेलाडीले नेपालप्रतिको भावना उजागर गरेकामा हार्दिक आभार व्यक्त गर्नुभयो। ललितपुर क्षेत्र-१ का सांसद उदय शमशेर राणा, क्षेत्र-३ का सांसद डा तोसिमा कार्की, जिल्ला समन्वय समितिका सभापति ऋषिदेव फुँयालले बर्सेनि हुने यस्ता क्रियाकलाप र प्रतियोगिताले खेलाडीलाई आकर्षित र हौसला प्रदान गरेको बताउनुभएको थियो। उहाँहरुले प्रतियोगितामा सहभागिता जनाउनु नै विजयको पहिलो सुरुवात भएको बताउनुहुँदै सफलताको शुभकामना व्यक्त गर्नुभयो।

Skip This