काठमाडौं-नेकपा एमाले उदयपुर-काठमाडौं सम्पर्क मञ्चको १४औं अधिवेशन यही माघ २७ गते शनिवार गर्ने निर्णय गरेको छ।
सम्पर्क मञ्चका अध्यक्ष उमाकान्त चौधरीको अध्यक्षतामा नेकपा एमाले सम्पर्क समन्वयन कमिटिका सचिवालय सदस्य, महिला विभाग प्रमुख तथा नेकपा एमाले उदयपुर-काठमाडौं सम्पर्क मञ्चका इन्चार्ज गिता बराल प्रमुख आतिथ्यमा माघ ६ गते शनिवार आयोजक कमिटी तेस्रो बैठकले मञ्चको १४औं अधिवेशन माघ २७ गते गर्ने निर्णय पारित गरेको हो।
१४ औं अधिवेशन २०८० माघ २७ गते शनिवार काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पस (आरआर)मा गर्न लागेको नेकपा एमाले उदयपुर-काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष उमाकान्त चौधरीले जानकारी दिनुभयो।
मञ्चका अध्यक्ष चौधरीलेभन्नुभयो, ‘नेकपा एमाले उदयपुर-काठमाडौं सम्पर्क मञ्चको १४औं अधिवेशन यही माघ २७ गते शनिवार काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा गर्न गइरहेका छौं। सो अधिवेशनमा उदयपुरबाट काठमाडौं उपत्यकामा आइ स्थायी-अस्थायी रूपमा बसोबास गरी विभिन्न पेशा-व्यावसय गर्नुहुने नेता, सामाजसेवी, बुद्धिजीवि, शिक्षक, कलाकार, वकील, विद्यार्थी, मजदुर, आमाबुवा, दिदीबहिनी, दाजुभाइ तथा एमाले शुभेच्छुक, शुभचिन्तक साथै सम्पर्क मञ्चलाई सल्लाह-सुझाव अनि माया गर्नुहुने सम्पूर्ण महानुभावलाई यही माघ २७ गते उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछ।’
बैठकमा नेकपा एमाले कोशी प्रदेश कमिटीका सदस्य तथा प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन केन्द्रिय महासचिव ई.डा.भेषराज थापा र नेकपा एमाले कोशी प्रदेश कमिटीका सदस्य भिम दर्नाल, विद्यार्थी, सम्पर्क मञ्चका पदाधिकारी, सचिवालय सदस्य, सदस्यहरुहरु तथा एमाले शुभचिन्तकहरुको उपस्थिति रहेको थियो।
राजनीतिकदेखि विभिन्न सामाजिक तथा आर्थिक कार्यहरुमा सक्रिय रहँदै आएको सम्पर्क मञ्चले अधिवेशन पश्चात् नयाँ कार्यसमिति चयन गर्नेछ।






प्रतिक्रिया