अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धन सरकारसँग राष्ट्रिय हितको नेतृत्व गर्ने सामार्थ्य नै छैनः महासचिव पोखरेल

गठबन्धन सरकारसँग राष्ट्रिय हितको नेतृत्व गर्ने सामार्थ्य नै छैनः महासचिव पोखरेल


काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सत्ता गठबन्धन सरकारसँग राष्ट्रिय हितको नेतृत्व गर्ने सामथ्र्य नरहेको बताउनु भएको छ।

आज काठमाडौंमा आयोजित ‘संसदमा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो।

महासचिव पोखरेलले वर्तमान गठबन्धन सरकारले लाचारीले मुलुकको राष्ट्रिय हितको विषय ओझेलमा परेको बताउनु भयो।

उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीले महाकाली सन्धिको सन्दर्भमा आफैँले उठान गरेको लिपुलेक र कालापानी नेपालको भूमि हो भन्ने कुरालाई आफू प्रधानमन्त्री भएको बेला कामै गरेर पुष्टि गरेको बताउनु भयो ।

महासचिव पोखरेलले अध्यक्ष ओलीले भारतसँग महाकाली सन्धिबारे पुरावलोकन गर्ने विषयलाई २०४९ सालमा संसदमा उठाएको उल्लेख गर्दै त्यसलाई मनमोहन अधिकारी नेतृत्वको सरकारले २०५१ सालमा भारतसँग सो विषयमा औपचारिक प्रश्ताव राखेको तथ्य पनि स्मरण गराउनु भयो।

महासचिव पोखरेलले भन्नुभयो, ‘अहिलेको सरकार राष्ट्रिय हितलाई नेतृत्व गर्न सक्ने सामथ्र्यको नै छैन। केही ओलीले त्यतिबारे महाकाली सन्धिबारे जे कुरा राख्नुभयो । महाकाली सन्धिकोसन्दर्भमा यसको सीमाना लिपुलेख र कालापानी हो भनेर त्यतिबेला संसदमा विषय प्रवेश गराउने उहाँ हुनुहुन्थ्यो । र, अन्तिममा उहाँले आफ्नो प्रधानमन्त्रीत्वकालमा लिपुलेक, लिम्पियाधुरा समेटिएको नयाँ नक्शा प्रकाशित गरिकन आफ्नो अडानमा दृढ रहेको पुष्टि गर्ने काम गर्नुभयो। उहाँले बोल्नु मात्रै भएको छैन, बोलेका कुराहरुलाई आफू जिम्मेवारीमा रहँदाखेरी त्यसलाई पुष्टि गर्ने काम गर्नुभएको छ भन्ने कुरा म राख्न चाहन्छु।’