अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपति पाैडेलसँग फ्रेडरिक एबर्ट स्टिफटुङका ग्लोबल प्रेसिडेन्टको भेट

राष्ट्रपति पाैडेलसँग फ्रेडरिक एबर्ट स्टिफटुङका ग्लोबल प्रेसिडेन्टको भेट


काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलसँग सोसल डेमोक्रयाटिक पार्टी अफ जर्मनी (एसपिडी) का पूर्वअध्यक्ष तथा तथा फ्रेडरिक एबर्ट स्टिफ्टुङ (एफइएस) का अध्यक्ष डा. मार्टिन शुल्जले शिष्टाचार भेट गर्नुभएको छ। 

राष्ट्रपति निवास शीतलनिवासमा भएको भेटमा राष्ट्रपति पौडेलले नेपाल र जर्मनीबीच दौत्यसम्बन्ध स्थापना भएदेखि सुमधुर मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गर्नुभयो।

उहाँले नयाँ नयाँ प्रविधिको युगमा कसरी लोकतान्त्रिक समाजवादमार्फत जनताको जीवनस्तर माथि उठाउन सकिन्छ भन्ने सम्बन्धमा एफइएसजस्तो संस्थाले वैचारिक बहस चलाउनुपर्ने बताउनुभयो। 

राष्ट्रपति पौडेलले नेपालीले लामो संघर्ष र बलिदानपछि आफ्नो संविधान आफैं बनाएको र उक्त संविधानले समाजवाद नजिक पु¥याएको बताउँंदै त्यसैमार्फत लोकतन्त्रलाई अझ सुधार गर्न प्रयत्नशील रहेको स्पष्ट पार्नुभयो। 

उहाँले नेपाल र एफइयसबिच यसबारेमा गहिरो छलफल र विमर्श आवश्यकता औंल्याउनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो। 

भेटमा डा. शुल्जले नेपालको संविधान प्रगतिशील र उदाहरणीय रहेको उल्लेख गर्दै नेपालमा लोकतन्त्र सुदृढीकरणको साक्षी बन्न एफइएस नेपालमा स्थापना भएको भएको उल्लेख गर्नुभयो। यसले नेपाललाई हरतरहका सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो। 

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मीका अनुसार भेटमा राष्ट्रपति पौडेलले एफइएसले काठमाडौँ कार्यालयबाट राजनीति, सुशासन, अर्थतन्त्र एवम् लोकतन्त्रको क्षेत्रमा सक्रियताका साथ उल्लेखनीय कार्य गर्दै आएको भन्दै खुसी व्यक्ति गर्नुभएको छ ।